सुनचाँदीको मूल्य आज पनि घट्यो !

सुनचाँदीको मूल्य आज पनि घट्यो !

काठमाडौँ | स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो ।    
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ ।    

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे रु पाँच हजार १३० मा कारोबार भएको थियो ।    
    
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो ।    
    
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

Source : RSS 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी
एक दिन अगाडि

काठमाडौँ । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथ ...

छुटाउनुभयो कि ?

TOP