धनकुटा । यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक संस्था रारा फुटबल क्लब राजारानीले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरिबाट आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । प्रथम पुरस्कार रु सात लाख र दोस्रो रु तीन लाख रहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा बढी धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।
प्रतियोगितामा आयोजक रारा, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौँ), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा)को सहभागिता रहनेछ । कार्यक्रममा सम्पन्न गर्न रु ३६ लाख ५० हजार बराबरको खर्च हुने संस्थाका सचिव जीवन कटुवालले जानकारी दिए ।
संवाददाता
- २०८३-०१-१०
एक घण्टा अगाडि
काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!