काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती नदी किनारको अव्यवस्थित बस्ती हटाउने कार्य सम्पन्न गरेको छ। दिउँसो २ बजेसम्मको अद्यावधिक विवरणअनुसार सो क्षेत्रमा रहेका घरटहरा पूर्णरूपमा भत्काइएको छ।
महानगरका अनुसार बस्ती हटाइएपछि घरबारविहीन भएको विवरण टिपाएका २५ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएको छ। उनीहरू ७ परिवारका सदस्य हुन्, जसमा ८ पुरुष, १२ महिला र ५ जना बालबालिका रहेका छन्। यसैबीच, एक सुत्केरी महिलालाई उपचारका लागि कोटेश्वर लगिएको छ।
उता सिनामंगलको गैरीगाउँ क्षेत्रमा पनि अव्यवस्थित बस्ती हटाउने अभियान सुरु गरिएको छ। त्यहाँ हालसम्म ३ परिवारले आफूहरू घरबारविहीन भएको विवरण टिपाएका छन्। साथै, शारीरिक रूपमा अस्वस्थ रहेका २ जना बालकलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।
बस्ती खाली गराउने क्रममा स्थानीयका लत्ताकपडा, भाँडाकुँडा तथा अन्य सरसामान व्यवस्थापनका लागि महानगरपालिकाले १२ वटा ठूला र ४ वटा साना सवारी साधन परिचालन गरेको जनाएको छ।
महानगरपालिकाले अव्यवस्थित बस्ती व्यवस्थापनलाई निरन्तरता दिँदै अन्य क्षेत्रमा पनि आवश्यक कदम चाल्ने संकेत दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!