वैदेशिक रोजगार संघमा सामूहिक राजीनामा, नयाँ चुनावको माग

वैदेशिक रोजगार संघमा सामूहिक राजीनामा, नयाँ चुनावको माग

काठमाडौं।नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा चुलिएको आन्तरिक विवादबीच बहुमत पदाधिकारी र सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। यस घटनाले संघभित्र गम्भीर नेतृत्व संकट उत्पन्न भएको छ।

प्राप्त जानकारी अनुसार ७ पदाधिकारीमध्ये ५ जना र १० सदस्यहरूमध्ये ६ जनाले पद त्याग गरेका हुन्। राजीनामा दिनेमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षजस्ता महत्वपूर्ण पदाधिकारीहरू समेत रहेका छन्।

पत्रकार सम्मेलनमा संघका महासचिव महेश कुमार बस्नेत ले राजीनामाको कारण सार्वजनिक गर्दै अध्यक्ष भुवन सिंह गुरुङको एकलौटी निर्णय र प्रक्रियाविपरीत कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।

“संघलाई विधि, प्रक्रिया र पारदर्शितामा चलाउन खोज्दा निरन्तर अवरोध आयो,” बस्नेतले भने, “यस्तो अवस्थामा संघको हितका लागि हामीले सामूहिक रूपमा पद त्याग गरेका हौं।”

राजीनामा दिने समूहले संघमा देखिएको संकट समाधानका लागि तत्काल नयाँ चुनाव गरिनुपर्ने माग गरेका छन्। उनीहरूले नयाँ नेतृत्वमार्फत संघलाई पुनः सुदृढ बनाउने आवश्यकता औंल्याएका छन्।

यसबारे सम्बन्धित आधिकारिक निकायलाई लिखित जानकारीसमेत दिइसकिएको छ। सामूहिक राजीनामासँगै गरिएको नयाँ चुनावको मागले अब संघको भविष्य र नेतृत्वको दिशातर्फ सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP