इटहरी। सप्तकोशी नदीको बीच टापुमा लुकाइछिपाइ राखिएको करिब ४ सय ७५ केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ बीच पर्ने सप्तकोशी नदीको टापु क्षेत्रमा १६ वटा बोरामा लुकाएर राखिएको अवैध गाँजा विशेष सूचनाको आधारमा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत तथा सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजा फेला पारेको हो।
नदीको बीच भागमा टापु रहेको र पहुँच कठिन भएकाले टोलीले र्याप बोट प्रयोग गरी गाँजा नदी किनारसम्म ल्याएको थियो।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!