इनरुवा (सुनसरी) । गणतन्त्र दिवसको उपलक्ष्यमा आज सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ ।
दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गर्नुभयो । प्रभातफेरी कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
दिवसकै अवसर पारेर इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक इनरुवा ‘डे’ को आयोजना गरेको छ । नगरपालिका स्थापना भएको दिनलाई मानेर नगरपालिकाको कार्यालयले पहिलोपटक इनरुवा डे कार्यक्रमको आयोजना गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
संवाददाता
- २०८३-०२-१५
19 घण्टा अगाडि
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!