काठमाडौं।प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाण्डेलाई धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइन्स प्रालि’ नामक कृत्रिम व्यवसाय स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको अस्वाभाविक मूल्यांकन गराएर कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, प्रभु बैंकबाट निश्चित प्रयोजनका लागि लिएको कर्जा तोकिएको क्षेत्रमा प्रयोग नगरी अन्यत्र खर्च गरेको तथा पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोप पनि उनीमाथि लागेको छ।
प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन हुँदै आएको जानकी मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो। उक्त कलेज राम जानकी हेल्थ फाउन्डेसनले सञ्चालन गर्दै आएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!