काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई आफूले कुनै पनि अवस्थामा बयान नदिने स्पष्ट गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्।
ओलीले आयोगलाई “पूर्वाग्रहको पोको” भन्दै आरोप लगाउँदै विपक्षीलाई फसाउन गठन गरिएको दाबी गरे। उनले भने, “यस्ता आयोगलाई हामी मान्यता दिदैनौं। अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। सम्पत्ति विवरण भरेर पठाइदिनँ। जे जे गर्न सक्छ, गरोस्।”
उनका अनुसार राज्य संयन्त्र नै प्रतिशोधपूर्ण ढंगले सञ्चालन भइरहेको छ। उनले थपे, “यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो। प्रतिशोधको पोको हो।”
ओलीले आफ्नो सम्पत्ति नष्ट भइसकेको दाबी गर्दै विवरण बुझाउनुपर्ने आवश्यकता नरहेको बताए। “मेरो सम्पत्ति खरानी भइसक्यो। खरानी उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण?” उनले भने।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!