काठमाडौं । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले जेठ २४ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण व्यवसायीलाई आह्वान गरेका छन्।
अध्यक्ष थापाले एक सूचना जारी गर्दै निर्वाचनमा मतदान गर्न सदस्य संस्थाहरूले आफ्नो आधिकारिक प्रतिनिधि तोकी आवश्यक कागजातसहित नामावली पेश गर्न आग्रह गरेका हुन्। प्रतिनिधिको विवरण बुझाउने अन्तिम समय भोलि दिउँसो १ बजेसम्म तोकिएको उनले जानकारी दिएका छन्।
सूचनाअनुसार प्रतिनिधि तोकिएको निवेदन, पासपोर्ट साइजका दुई प्रति फोटो, हालको शेयर लगत, नागरिकता वा राहदानी वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि तथा २०८३ जेठ मसान्तसम्मको लेभी बुझाएको प्रमाण पेश गर्नुपर्नेछ।
अध्यक्ष थापाले लोकतान्त्रिक समूहका सम्पूर्ण व्यवसायीलाई निर्वाचनमा एकताबद्ध भएर सहभागी हुन तथा समयमै प्रतिनिधि पठाई आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्। उनले व्यवसायीको हकहित र संस्थागत सुदृढीकरणका लागि निर्वाचनमा उच्च सहभागिता आवश्यक रहेको बताएका छन्।
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कां ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!