भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा भीषण आगलागी हुँदा ठूलो भौतिक क्षति भएको छ । आगलागीबाट विद्यालयका दुई तला पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने पाँच वटा कक्षाकोठा जलेर नष्ट भएका छन् ।

विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिका अनुसार आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

आगलागीपछि जलेका सामग्री हटाउने तथा सरसफाइको काम सुरु गरिएको विद्यालय प्रशासनले जनाएको छ । पठनपाठन लामो समय अवरुद्ध नहुने गरी व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

घटनाबारे थप क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
11 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP