अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु

अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु

अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुती सुरुङ् (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा दुई जना बालबालीकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।    
    
घटना रोहानी बाबा जिल्लाको स्पेना तख्तामा भएको जनाइएको छ जहाँ बालबालिकाले खल्ने क्रममा उक्त उपकरण फेला पारेर त्यस सँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुदाँ उनीहरूको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी तथा निर्देशक मावलवी निसार अहमद नेजातले बताउनुभएको छ ।    
    
विगत तीन दिनमा गजनी प्रान्तमा अतियारका अवशेषहरू पट्कीयर भएका दुई वटा छुट्टा– छुट्टै घटनामा, अन्य दुई बालबालिकाहरू गम्भीर घाइते भएको जनाइएको छ ।    
    
अफगानिस्तान चार दशक भन्दा लामो जुन युद्ध र आन्तरिक द्वन्द्वको कारण बारुती सरुङ् र अप्रकाशित हतियारहरूको भग्नावशेषले उच्च जोखिममा रहेको मुलुकको रुपमा स्थापित भएको जनाइएको छ ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकप २०२६ सुरु हुन दुई दिन बाँकी
2 दिन अगाडि

विश्वकप २०२६: मुख्य विवरण र मिति फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन तीन फरक देशमा फरक तरिकाले आ ...

छुटाउनुभयो कि ?

TOP