नेपाली कम्युनिस्ट पार्टीका भातृ संगठनको माइतीघरमा प्रदर्शन

नेपाली कम्युनिस्ट पार्टीका भातृ संगठनको माइतीघरमा प्रदर्शन

२१ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बिहीबार भएको प्रदर्शनमा सहभागीहरूले देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नुपर्ने माग राखेका थिए ।

प्रदर्शनकारीहरूले “राष्ट्रिय अखण्डताको रक्षा गरौं”, “सीमाबारे गलत बोल्न पाइँदैन”, “झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन”, “जिम्मेवार बोल, सत्य बोल”, “राष्ट्रको सम्मान जोगाऊ” लगायतका नारासहित प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

प्रतिनिधिसभाको १७ जेठको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए, जसको विरोधमा प्रदर्शन गरिएको हो ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP