‘नेपाली ब्रो’का नामले चिनिने रेस्लर कुमार थापा श्रीमती हत्या आरोपमा पक्राउ

‘नेपाली ब्रो’का नामले चिनिने रेस्लर कुमार थापा श्रीमती हत्या आरोपमा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित रेस्लर कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ४२ वर्षीय थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेल माथि फलामको रड प्रहार गरेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १० बजेतिर भएको विवादका क्रममा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालले राति ११ः३० बजे उनलाई मृत घोषणा गरेको जनाएको छ।

घटनापछि फरार रहेका थापालाई प्रहरीले बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको छ। मृतक भुजेलको शव हाल शिक्षण अस्पतालमा पोस्टमार्टमको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले थापाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विपक्षी दलहरूको बैठक आज सिंहदरबारमा, सदनको गतिरोधबारे छलफल हुने
2 दिन अगाडि

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कां ...

छुटाउनुभयो कि ?

TOP