रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौं । राजा शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिका अर्का प्रत्याशी सुरेश सापकोटा लाई पराजित गर्दै शाक्य सभापतिमा निर्वाचित भएका हुन्।

पहिलो जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएका शाक्य यसअघि काठमाडौं महानगरपालिका वडा नम्बर ८ का सभापतिको जिम्मेवारीमा रहेका थिए।

निर्वाचन परिणामअनुसार उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन तथा सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा काठमाडौं जिल्लामा रास्वपाको गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विपक्षी दलहरूको बैठक आज सिंहदरबारमा, सदनको गतिरोधबारे छलफल हुने
2 दिन अगाडि

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कां ...

छुटाउनुभयो कि ?

TOP