ललितपुर फुल्चोकी जंगलबाट चार जनाको सकुशल उद्धार

ललितपुर फुल्चोकी जंगलबाट चार जनाको सकुशल उद्धार

ललितपुर । ललितपुरको गोदावरीस्थित फुल्चोकी घुम्न गएका चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये दुई जना विद्यार्थी रहेका छन्।

काठमाडौँको बागबजारस्थित एसएस एकेडेमीबाट शिक्षक र विद्यार्थीहरूको टोली शनिबार शैक्षिक भ्रमण तथा दृश्यावलोकनका लागि फुल्चोकी गएको थियो। सोही क्रममा समूहबाट दुई जना विद्यार्थी छुटेर जंगलमा हराएको जानकारी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममार्फत जिल्ला प्रहरी परिसर ललितपुरलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरी निरीक्षक विक्रम केसीको कमाण्डमा ९ जनाको विशेष प्रहरी टोली खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको थियो।

प्रहरी टोलीले फुल्चोकी जंगलको झरना (वाटरफल) क्षेत्र आसपास सघन खोजी गर्दा ती दुई विद्यार्थी फेला परेका थिए। सोही स्थानमा अन्य एक पुरुष र एक महिला पनि अलपत्र अवस्थामा भेटिएका थिए।

उद्धार गरिएका चारै जनालाई प्रहरीले सकुशल सुरक्षित स्थानमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी उनीहरूका आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP