सिस्नेरी पहिरो घटनाबारे छानबिन समिति गठन, २१ दिनभित्र प्रतिवेदन बुझाउने

सिस्नेरी पहिरो घटनाबारे छानबिन समिति गठन, २१ दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ खेलाडीको ज्यान गएको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति गठन गरेको छ।

राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो।

उपसमितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एकजना कानुनी अधिकृत सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी २१ दिनभित्र प्रतिवेदन बुझाउन म्यान्डेट दिइएको छ। समिति सोमबारदेखि औपचारिक रूपमा काम सुरु गर्ने जनाइएको छ।

गत २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण एन्फा सिस्नेरी एकेडेमीमा अध्ययनरत ६ किशोर खेलाडीको निधन भएको थियो। निधन हुनेमा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जन रहेका छन्।

घटनापछि खेलाडीका आफन्तहरूले एन्फाको कमजोरीका कारण दुर्घटना भएको आरोप लगाउँदै छानबिनको माग गर्दै खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए। सोही आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि निर्देशन दिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP