अर्काकी छोरीलाई आफ्नी छोरी बनाएर नागरिकता दिलाएको आरोपमा वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

अर्काकी छोरीलाई आफ्नी छोरी बनाएर नागरिकता दिलाएको आरोपमा वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नी छोरी भएको गलत विवरण पेश गरी जन्मदर्ता तथा नागरिकता प्रमाणपत्र बनाएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानबाट सिंहले वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेलसँग मिलेमतो गरी रिता भट्टराईकी छोरीलाई आफ्नी छोरी ‘रुविना श्रेष्ठ’का नाममा जन्मदर्ता गराएको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार सिंहले सूचक फाराम भरी वडा कार्यालयमा पेश गरेपछि २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र जारी गरिएको थियो। सोही प्रमाणपत्रका आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठका नाममा नेपाली नागरिकता प्रमाणपत्र जारी गरिएको थियो।

आयोगले जन्मदर्ता र नागरिकता जारी गर्ने क्रममा सरकारी कागजातमा जानीजानी गलत विवरण समावेश गरिएको, अभिलेख हेरफेर गरिएको तथा गैरकानुनी रूपमा नागरिकता दिलाइएको निष्कर्ष निकालेको छ।
यस्तै, घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समितिका तत्कालीन संयोजक उपसचिव पुस्कर राना र सदस्य शाखा अधिकृत पर्शुराम पोखरेलले वास्तविक तथ्य लुकाई गलत प्रतिवेदन पेश गरेको आरोप पनि अख्तियारले लगाएको छ।

अख्तियारले भिखारी राय, तुफैल अख्तर ठकुराई र षडकुमार पोख्रेलविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ९, ११ र १२ अन्तर्गत, पुस्कर राना तथा पर्शुराम पोख्रेलविरुद्ध दफा १९(२) अन्तर्गत तथा राजेशमान सिंह र रिता भट्टराईविरुद्ध मतियारको भूमिकामा मुख्य कसुरदारसरह सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
12 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP