अज्ञात सवारीको ठक्करबाट साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

अज्ञात सवारीको ठक्करबाट साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको पूर्वी भेग गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्कर प्रसाद आचार्यका अनुसार नम्बर नखुलेको सवारी साधनले साइकल यात्रीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको हो।

घटना कुन समयमा भएको हो भन्ने यकिन हुन नसके पनि आज बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बीचमा हुन सक्ने अनुमान गरिएको छ। शव सडक किनारमा लडिरहेको अवस्थामा फेला परेको र मृतकको बायाँ खुट्टा साइकलको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्नुका साथै आवश्यक प्रमाण संकलन गरिसकेको छ। घटनाको प्रकृति हेर्दा दुर्घटना वा अन्य कारण दुवै कोणबाट अनुसन्धान भइरहेको डीएसपी आचार्यले बताए।

“आज बेलुकीसम्म घटनाको कारणबारे स्पष्ट जानकारी सार्वजनिक गरिनेछ,” उनले बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
1 हप्ता अगाडि

भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा भीषण आगलागी हुँदा ठ ...

छुटाउनुभयो कि ?

TOP