सर्वदलीय बैठकपछि दलहरूको जोडः यस्ता बैठक नियमित हुनुपर्छ

सर्वदलीय बैठकपछि दलहरूको जोडः यस्ता बैठक नियमित हुनुपर्छ

काठमाडौं । भारत भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सहभागी दलहरूले यस्ता बैठकलाई नियमित गर्नुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयको हलमा सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सहभागी दलका प्रतिनिधिहरूले समसामयिक राजनीतिक विषयमा दलहरूबीच निरन्तर संवाद आवश्यक रहेको बताएका हुन्।
बैठकमा राजेन्द्र लिङ्देन बाहेक अधिकांश दलबाट शीर्ष नेताको सट्टा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा राजनीतिक समसामयिक अवस्था, संसदीय अभ्यास, र दलहरूबीच सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ।
रास्वपा सभापति लामिछानेले राजनीतिक दलहरूबीच विश्वास र संवाद बढाउन यस्ता बैठकले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। सहभागी दलहरूले पनि यस्ता सर्वदलीय छलफललाई संस्थागत गर्दै निरन्तर अघि बढाउनुपर्ने धारणा राखेका छन्।
बैठकलाई राजनीतिक संवाद विस्तारतर्फको सकारात्मक कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
12 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP