हर्कराज राई साम्पाङको सरकारलाई ध्यानाकर्षणः सीमा सुरक्षामा नेपाली सेना तैनाथ गर्न माग

हर्कराज राई साम्पाङको सरकारलाई ध्यानाकर्षणः सीमा सुरक्षामा नेपाली सेना तैनाथ गर्न माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली सेनालाई सीमा क्षेत्रमा तैनाथ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सेनाको मुख्य भूमिका देशको भूगोल र सीमाको सुरक्षामा केन्द्रित हुनुपर्ने बताए ।

‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । सेनाको उपयुक्त स्थान सीमानै हो तर अहिले अन्यत्र प्रयोग भइरहेको छ,’ उनले भने ।

साम्पाङले देश रहनका लागि भूगोल अनिवार्य हुने उल्लेख गर्दै भूगोलबिनाको देशको कल्पना गर्न नसकिने धारणा राखे । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउनुपर्ने बताए ।

‘देश रहनका लागि भूगोल चाहिन्छ, भूगोलबिनाको देश हुँदैन । प्रधानमन्त्रीज्यूको मुखबाट आएको शब्दले हामी दुखी छौं, आक्रोशित छौं,’ उनले भने, ‘उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ, मुखबाट निस्किएको शब्द पनि सच्याउनुपर्छ ।’

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
12 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP