गोरखा - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार पार्टीको विधानले नभई देशको संविधानले चल्नुपर्ने बताएका छन्। मंगलबार गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा भए पनि देशको संविधानअनुसार चल्नुपर्ने स्पष्ट पारे। “सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको संविधानले हो,” उनले भने। साथै उनले सरकारको कामप्रति कांग्रेसले निगरानी र आवश्यक परे प्रश्न उठाउने जिम्मेवारी रहने बताए। थापाले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिनको पक्षमा कांग्रेस सधैं रहेको र छानबिनमा सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे। उनले सुशासन कायम गर्न सरकारलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा राखे।
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कां ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!