एन्फाले हालै सार्वजनिक गरेको संयुक्त पत्रअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ २ गते एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत १२ गते जारी गरिएका अन्य निर्देशनहरू अझै फिर्ता लिएको छैन।
राखेपले एन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूको निर्वाचन गराउन दिएको निर्देशनलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ भन्दै आपत्ति जनाएका छन्।
फिफा र एएफसीले एन्फाका महासचिव किरण राईमार्फत राखेपलाई आगामी जेठ २८ गतेभित्र चैत १२ गतेको निर्णय पूर्ण रूपमा खारेज गरिएको लिखित प्रतिबद्धता पेश गर्न आग्रह गरेका छन्।
पत्रमा तोकिएको समयभित्र सन्तोषजनक जवाफ प्राप्त नभए नेपालमाथि निलम्बनको प्रक्रिया अघि बढाउन विषयलाई फिफा काउन्सिलमा पठाइने स्पष्ट उल्लेख गरिएको छ।
यदि नेपाल निलम्बनमा परेमा राष्ट्रिय टोली र नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने, साथै फिफा र एएफसीका विभिन्न कार्यक्रम तथा अनुदानबाट समेत वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुनेछ।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!