प्रहरीमाथि आक्रमण प्रकरणमा पूर्वप्रदेश सांसद अशोक यादव तानिए, पक्राउको प्रयास जारी

प्रहरीमाथि आक्रमण प्रकरणमा पूर्वप्रदेश सांसद अशोक यादव तानिए, पक्राउको प्रयास जारी
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका-स्थित सलेमपुरमा सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि आक्रमण भएको घटनामा मधेस प्रदेशका पूर्वप्रदेश सांसद अशोककुमार यादवको संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सर्लाही प्रहरीले पूर्वसांसद यादवलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि उनी हालसम्म सम्पर्कमा आएका छैनन्। सर्लाहीका प्रहरी प्रमुख (एसपी) रवीन्द्र पौडेलका अनुसार यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजे यादवको स्वामित्वमा रहेको ट्याक्टरले रोकेर राखिएको ट्रकलाई ठक्कर दिएको थियो। घटनापछि प्रहरीले दुवै पक्षलाई छलफलमार्फत समाधान गर्न वा आवश्यक परे प्रहरी कार्यालय आउन आग्रह गरेको थियो।

त्यसपछि ट्याक्टर चालकले अशोक यादवलाई घटनास्थलमा बोलाएका थिए। यादव घटनास्थल पुगेपछि उनीसँगै आएका केही व्यक्तिले प्रहरीलाई घेरेर दुर्व्यवहार तथा आक्रमण गरेको आरोप छ। सोही क्रममा ट्याक्टरसमेत भगाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यादवका भतिज १९ वर्षीय विक्रमकुमार यादव र भारतीय नागरिक तथा उनका भाञ्जा २१ वर्षीय प्रियाङ्शु यादव रहेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको छ।

२०७४ सालको निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट प्रदेशसभा सदस्य बनेका अशोक यादव हाल नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP