दाङमा नक्कली नागरिकता प्रकरण: वडा अध्यक्षसहित चार पक्राउ

दाङमा नक्कली नागरिकता प्रकरण: वडा अध्यक्षसहित चार पक्राउ
दाङ - झुट्टा विवरण पेस गरी गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा वडा अध्यक्ष, वडा सचिवसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको राजपुर गाउँपालिका-४ मा गैरकानुनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी र नागरिकता प्राप्त गर्ने आलम जोल्हालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्वर्गीय सनाउल्ला जोल्हाको छोरा भन्दै कागजात मिलाएर आलम जोल्हालाई नागरिकता दिलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। योग्यतै नपुगेका व्यक्तिलाई स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा नागरिकता प्रदान गरिएको देखिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP