प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्नेमा जोड दिनुभएको छ ।    
    
 प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनैपर्ने जिकिर गर्नुभयो । सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयासका कारण बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको आजको बैठक अहिले १५ः१५ बजे सुरू भएको थियो ।    
    
 विपक्षी दलले नेपाल-भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP