पृथ्वी राजमार्गमा शौचालय अभाव, प्रत्येक सय मिटरमा निर्माण गर्न सांसद आशिका तामाङको माग !!!

पृथ्वी राजमार्गमा शौचालय अभाव, प्रत्येक सय मिटरमा निर्माण गर्न सांसद आशिका तामाङको माग !!!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ ले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजमार्गमा यात्रा गर्ने क्रममा शौचालय नहुँदा यात्रुहरू समस्यामा पर्ने गरेको बताइन्। सार्वजनिक शौचालयको अभावका कारण गाडीबाट ओर्लिएर झाडीमा गएर दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। सांसद तामाङले यात्रुहरूको सहजताका लागि राजमार्ग क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय निर्माण गर्न सरकारसँग माग गरिन्। उनले पृथ्वी राजमार्गमा प्रत्येक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले आधारभूत पूर्वाधारअन्तर्गत सार्वजनिक शौचालयको व्यवस्थापनलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरिन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकप उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड
6 घण्टा अगाडि

काठमाडौ ।फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै प्रतियोगितामा ...

छुटाउनुभयो कि ?

TOP