सुधन गुरुङको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

सुधन गुरुङको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत खड्का ले सुधन गुरुङबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयर कारोबारबारे प्रश्न उठेपछि सरकारले छानबिनका लागि समिति गठन गरेको थियो। उक्त समितिले एक साताअघि नै सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

सांसद खड्काले प्रतिवेदन बुझाइसक्दा पनि सार्वजनिक नगरिनु आशंकाको विषय भएको बताए। उनले छानबिनबाट प्राप्त निष्कर्ष नागरिकलाई जानकारी गराउन सरकारलाई आग्रह गरे।

समितिको प्रतिवेदन बुझिएपछि पुनः सुधन गुरुङ गृहमन्त्री नियुक्त भइसकेका छन्। तर उनीमाथिको छानबिन प्रतिवेदन भने अझै सार्वजनिक नभएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दै, नियमित कार्यसूचीमा छलफल हुने
3 घण्टा अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको ...

छुटाउनुभयो कि ?

TOP