विद्यालय कर्मचारी आन्दोलित, कालो पट्टी बाँधेर चरणबद्ध आन्दोलनको घोषणा

विद्यालय कर्मचारी आन्दोलित, कालो पट्टी बाँधेर चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विद्यालयका कर्मचारीहरू आन्दोलित भएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विद्यालय कर्मचारी युनियन, कर्मचारी संगठन, सामुदायिक विद्यालय कर्मचारी संघ र अखिलको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो।

आन्दोलनअन्तर्गत चरणबद्ध कार्यक्रम सार्वजनिक गर्दै उनीहरूले सरकार, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

त्यस्तै, जिल्ला कार्यसमितिको नेतृत्वमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालयहरूमा समेत ध्यानाकर्षण गराइएको छ। साथै, आफ्ना मागबारे संघीय संसद्मा आवाज उठाउन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरिएको छ।

आन्दोलन कार्यक्रमअनुसार कर्मचारीहरूले असार २८ गतेदेखि असार ४ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने भएका छन्।

माग पूरा नभए असार ५ गते सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिइएको छ। त्यसपछि असार ६ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनीहरूले जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकप उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड
7 घण्टा अगाडि

काठमाडौ ।फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै प्रतियोगितामा ...

छुटाउनुभयो कि ?

TOP