काभ्रेमा यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु, १५ घाइते

काभ्रेमा यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु, १५ घाइते

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
बनेपाबाट रोशी गाउँपालिका–खाड्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा ४ महिला र ४ पुरुषको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ। दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी तथा विपद् व्यवस्थापन बेस भकुण्डेबाट सशस्त्र प्रहरी निरीक्षक सुनिल लामाको कमाण्डमा टोली उद्धारका लागि खटिएको थियो।

उद्धार टोलीले घाइते १५ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुस्ता घटनामा हर्क साम्पाङको प्रश्न– ‘रक्षामन्त्री कहाँ छन् ?’
7 घण्टा अगाडि

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्त ...

छुटाउनुभयो कि ?

TOP