पालुङटारका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिलाई मातृशोक, ८० वर्षीया आमाको निधन

पालुङटारका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिलाई मातृशोक, ८० वर्षीया आमाको निधन

काठमाडौं । पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिलाई मातृशोक परेको छ। उनकी ८० वर्षीया आमाको उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय आमा लामो समयदेखि प्याङ्क्याटिक क्यान्सरबाट पीडित थिइन्। उनको चितवन क्यान्सर अस्पताल तथा काठमाडौंका विभिन्न स्वास्थ्य संस्थामा समेत उपचार गरिएको थियो। पछिल्लो समय नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेका बेला सोमबार उनको निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय आमाको अन्तिम संस्कार मंगलबार बिहान १० बजे कञ्चनपुरस्थित महाकाली नदी किनारमा गरिनेछ।

नेपाल सरकारका उपसचिवसमेत रहेका बिसि हाल पालुङटार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। यसअघि उनले काठमाडौंको टोखा नगरपालिकामा करिब ३० महिनासम्म सेवा दिएका थिए। इमानदार, कर्तव्यनिष्ठ र जनमुखी कर्मचारीका रूपमा परिचित बिसि जहाँ रहे पनि जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ निर्वाह गर्ने स्वभावका कारण सहकर्मी तथा सेवाग्राहीमाझ सम्मानित मानिन्छन्।

आमाको निधनको खबरले बिसि, उनका परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई गहिरो पीडामा पारेको छ। विभिन्न व्यक्तित्वहरूले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन्।

यस दुःखद घडीमा रेड मिडिया परिवारले पनि स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP