रोजगार मेलामार्फत १६४ लाई रोजगारी

रोजगार मेलामार्फत १६४ लाई रोजगारी

झापा स्थित आयोजना भएको बिर्तामोड रोजगार मेला मार्फत १६४ युवाले रोजगारी प्राप्त गरेका छन् । .    
    
 काम गर्न इच्छुक एक हजार ७६ आवेदकले निवेदन दर्ता गराएकामध्ये पहिलो चरणमै १६४ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने उक्त मेला रोजगारदाता र बेरोजगार व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिनुभयो ।    
    
 मेलामा विभिन्न क्षेत्रका २५ रोजगारदाता सङ्घसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ ।    
    
 बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सुरु भएको मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP