हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमनका क्रममा “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति दिएपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै शर्माले भिडियो सन्देशमार्फत प्रधानमन्त्रीलाई मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्न आग्रह गरेका हुन्।
शर्माले हिंसात्मक तथा उत्तेजक अभिव्यक्तिले समाजमा गलत सन्देश जाने उल्लेख गर्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्। उनले “हामी यस्तै समाजतर्फ जाँदैछौँ? प्रधानमन्त्रीज्यु, यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्” भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उनले निर्वाचनका क्रममा वर्तमान प्रधानमन्त्रीले पनि केही व्यक्तिलाई “रुखमा बाँध्नुपर्छ” भन्ने अभिव्यक्ति दिएको प्रसंग स्मरण गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जिम्मेवार र संयमित भाषा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
शर्माको यो अभिव्यक्ति मन्त्री लम्सालको विवादास्पद भनाइपछि सार्वजनिक भएको हो। मन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!