काठमाडौं । फिफा विश्वकप २०२६ मा घानाले विजयी सुरुआत गरेको छ। समूह ‘एल’ अन्तर्गत बुधबार राति भएको खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।
दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित ९० मिनेटसम्म कुनै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीतर्फ अघि बढिरहेको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा घानाले निर्णायक प्रहार गर्दै जित सुनिश्चित गर्यो।
घानाका क्यालेब केरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरेपछि मैदानमा घानाली खेलाडी र समर्थक खुसीले उफ्रिएका थिए। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो।
जितसँगै घानाले विश्वकप अभियान सकारात्मक ढंगले सुरु गर्दै समूह तालिकामा तीन अंक जोडेको छ। हारसँगै पानामा भने अंकविहीन बनेको छ।
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!