अमेरिकाका भर्जिनिया र मिसिगन राज्यमा भएका छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
भर्जिनिया स्टेट युनिभर्सिटीमा भएको गोलीबारीमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जना विद्यार्थी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
त्यस्तै, मिसिगनमा भएका छुट्टाछुट्टै गोलीबारीका घटनामा १६ वर्षीय किशोरसहित पाँच जनाको मृत्यु भएको जनाइएको छ। घटनामा संलग्न भएको आशंका गरिएका आक्रमणकारी पनि मृत फेला परेका छन्।
अमेरिकामा भएका यी घटनाले सार्वजनिक सुरक्षा तथा बन्दुक हिंसाको जोखिमबारे पुनः गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको कारण, संलग्न व्यक्तिको पहिचान तथा गोलीबारीको पृष्ठभूमिबारे अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!