खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको छ।
ग्यासको समस्या समाधानमा बालेन शाह नेतृत्वको सरकार उदासीन बनेको आरोप लगाउँदै विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले आम नागरिकले दैनिक उपभोग गर्ने ग्याससमेत सहज रूपमा पाउन नसक्ने अवस्था कहिलेसम्म रहने भन्दै प्रश्न उठाएका छन्।
प्रदर्शनका क्रममा नेविसंघले बजारमा भइरहेको भनिएको कालोबजारी र कृत्रिम अभाव तत्काल रोक्न माग गरेको छ। साथै, सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
ग्यासको आपूर्ति सहज बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने नेविसंघको माग छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!