कोलकाताको होटलमा भीषण आगलागी, ९ जनाको मृत्यु

कोलकाताको होटलमा भीषण आगलागी, ९ जनाको मृत्यु

भारतको कोलकातास्थित मिर्जा गालिब स्ट्रिटमा रहेको एक होटलमा बुधबार बिहान करिब २ बजे भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

प्रारम्भिक जानकारीअनुसार मृत्यु हुने सबै ९ जना बंगलादेशी नागरिक रहेका छन्। उनीहरू उपचारका लागि कोलकाता आएको बताइएको छ।

आगलागीपछि होटलमा ठूलो धुवाँ भरिएपछि उद्धारमा कठिनाइ भएको थियो। घटनास्थलमा पुगेको प्रहरी र दमकलको टोलीले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। आगलागीको कारण र क्षतिको थप विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP