रुकुम पूर्वको भूमे गाउँपालिका-९ चुनबाङकी १५ वर्षीया सदीक्षा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै भत्किएको पुल बनाइदिन आग्रह गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
दोमै खोलाको पुल दुई महिनाअघि भत्किए पनि अहिलेसम्म मर्मत नभएको भन्दै उनले भिडियोमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्। उनले पुल नहुँदा खोलाबाट जोखिम मोलेर आवतजावत गर्नुपरेको र विद्यार्थीसमेत जोखिममा परेको बताएकी छन्।
कक्षा १० मा अध्ययनरत सदीक्षाले विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा मानिस र पशुचौपाया बगाउने जोखिम रहेको भन्दै तत्काल पुल निर्माण वा मर्मत गर्न माग गरेकी छन्।
आइतबार साँझ फेसबुकमा पोस्ट गरिएको उनको भिडियोमा धेरै प्रतिक्रिया र कमेन्ट आएका छन्। किशोरीले सामाजिक सञ्जालमार्फत उठाएको स्थानीय समस्याले सम्बन्धित निकायमाथि तत्काल समाधानका लागि दबाब सिर्जना गरेको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!