इरानले अवसर गुमायो, अब कठोर कारबाहीको सामना गर्नुपर्छ : ट्रम्प

इरानले अवसर गुमायो, अब कठोर कारबाहीको सामना गर्नुपर्छ : ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको अवसर गुमाएको भन्दै अब उसले अहिलेसम्मकै कठोर आर्थिक कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। इरानसँग जारी वार्ता प्रभावकारी हुन नसकेको र क्षेत्रीय तनाव कायमै रहेपछि ट्रम्पले आर्थिक दबाब थप बढाउने संकेत गरेका हुन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानविरुद्ध “आर्थिक युद्ध” सुरु हुने बताएका छन्। उनले इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने देश, वित्तीय संस्था, व्यवसाय तथा सरकारी निकायसमेत अमेरिकी कारबाहीको दायरामा पर्न सक्ने चेतावनी दिएका छन्।

ट्रम्पले तेल तस्करी, वित्तीय कारोबार, नगद हस्तान्तरण, जहाज दर्ता तथा अन्य माध्यमबाट इरानलाई पुग्ने आर्थिक सहयोग तत्काल रोक्नुपर्ने बताएका छन्। उनका अनुसार इरानलाई सहयोग गर्ने कुनै पनि पक्षले “गम्भीर आर्थिक परिणाम” भोग्नुपर्नेछ।

अमेरिकाले यसअघि पनि इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ। पछिल्ला दिनहरूमा वाशिङ्टनले इरानमाथिको दबाब झन् बढाउने तयारी गरिरहेको अमेरिकी अधिकारीहरूले संकेत दिएका छन्।

विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो चेतावनीले मध्यपूर्वमा जारी तनावलाई थप चर्काउन सक्छ। इरानको अर्थतन्त्र पहिले नै युद्ध, प्रतिबन्ध र उच्च मुद्रास्फीतिको दबाबमा रहेकाले नयाँ अमेरिकी कदमले तेहरानमाथि थप चुनौती सिर्जना गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP