बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले आज पनि प्रदर्शन जारी राखेका छन्।
पीडित परिवार तथा स्थानीयवासीले बालिकालाई न्याय दिलाउन माग गर्दै बुधबार बिहानदेखि पथलैया-वीरगन्ज सडकखण्डमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। प्रदर्शनका कारण उक्त सडकखण्डको यातायात प्रभावित भएको छ।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकामध्ये एक आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जनाइएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयवासीको प्रदर्शन आज पनि जारी रहेको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!