हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी, सामान जलेर नष्ट

हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी, सामान जलेर नष्ट

हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा राति १ बजे आगलागी भएको छ। आगलागीबाट कार्यालयभित्र रहेका केही सामग्री जलेर नष्ट भएका छन्। जिल्ला प्रहरीका अनुसार डीएसपी शंकर खडकाको जानकारीअनुसार स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो राति ३ बजेर ४५ मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो। आगलागीबाट ४ थान काठका र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल तथा १ थान सोलार ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण र थप क्षतिको विवरणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP