काठमाडौं । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन पक्राउ परेकी हुन्।
गत ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित एक घरपछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
मृतक बालिकाकी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले जास्मिनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीसँगको प्रारम्भिक सोधपुछका क्रममा जास्मिनले बालिकाको हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेकी जास्मिन मृतक बालिकाका बुबा मोहमद इरफानकी कान्छी श्रीमती रहेको पनि प्रहरीले जनाएको छ।
घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!