रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त रकम **‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’**मा प्रदान गरिनेछ। बाढीपछि उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै सरकारको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको हो। कम्पनीले विज्ञप्तिमार्फत बाढी प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न र सरकारको राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउन सहयोग घोषणा गरिएको जनाएको छ। विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा आफ्नो ज्यानको जोखिम मोलेर अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी निकायप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई प्राथमिकतामा राख्दै आएको एक्स्ट्रीम इनर्जी ड्रिंक्सले राष्ट्रलाई संकट परेको हरेक परिस्थितिमा नागरिक तथा समुदायको साथमा उभिने प्रतिबद्धता पनि जनाएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!