काठमाडौं। रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाले ५१ लाख रुपैयाँको विपद् राहत कोष स्थापना गरेको छ।
नगरपालिकामा बुधबार बसेको जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले जनप्रतिनिधिहरूको एक महिनाको सुविधा तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरूको १० प्रतिशत तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार हालसम्म ५१ लाख रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले राहत अभियानलाई थप प्रभावकारी बनाउन नगरभित्रका विभिन्न संघसंस्था, क्लब, टोल सुधार समिति, महिला समूह तथा सर्वसाधारण नगरवासीलाई स्वेच्छिक सहयोगका लागि आह्वान गरेको छ।
नगर प्रमुख दीपक रिसालले संकलित रकम रसुवाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा खर्च हुने गरी उपलब्ध गराइने जानकारी दिए।
नगर प्रमुख रिसालले विपद्को कठिन घडीमा रसुवावासीप्रति ऐक्यबद्धता जनाउँदै गोकर्णेश्वर नगरपालिका र नगरवासीको तर्फबाट सहयोग अभियान सुरु गरिएको बताए। उनले इच्छुक व्यक्ति तथा संस्थाहरूलाई राहत कोषमा योगदान गर्न आग्रह गर्दै मानवीय संकटमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!