काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकार पूर्ण रूपमा केन्द्रित रहेको बताएका छन्।
रक्षाबन्धनका अवसरमा देशवासीका नाममा सन्देश जारी गर्दै उनले प्रभावित परिवारलाई धैर्य गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले “उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ” भन्दै खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।
उनका अनुसार रसुवा, भोटेकोशी–त्रिशूली करिडोर तथा अन्य प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ भने हेलिकप्टरमार्फत निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
सरकारले सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। बेपत्ता व्यक्तिको खोजी रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म विस्तार गरिएको प्रधानमन्त्री शाहले बताए।
पुनः बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। सरकारले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइसकेको तथा राहत सामग्री, स्वास्थ्य सेवा, सञ्चार र यातायात पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामै केन्द्रित रहेको उल्लेख गर्दै वास्तविक अवस्थाअनुसार आवश्यक निर्णय र स्रोतसाधन परिचालन गरिरहेको बताएका छन्।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!