काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले रसुवाका बाढी प्रभावितका लागि तीनकुनेमा तीन दिनका लागि ‘क्लोथ बैंक’ सञ्चालन गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आवश्यक कपडा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियानमा सर्वसाधारण, विद्यार्थी तथा शुभेच्छुकलाई प्रयोगयोग्य कपडा सहयोग गर्न आग्रह गरिएको छ।
अभियानमार्फत सङ्कलन भएका कपडाहरू रसुवाका बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा वितरण गरिने आयोजकले जनाएको छ।
अभियानले विपद्का बेला प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउनुका साथै नागरिकस्तरबाट राहत तथा सहयोग जुटाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!