धुन्चेमा विद्युत् अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित, मोबाइल टावर जेनेरेटरको भरमा

धुन्चेमा विद्युत् अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित, मोबाइल टावर जेनेरेटरको भरमा

रसुवा — भोटेकोशीको विनाशकारी बाढीपछि रसुवाको सदरमुकाम धुन्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित भएको छ। विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल टावर सञ्चालनका लागि डिजेलबाट जेनेरेटर चलाउनुपरेको छ।

विद्युत् अभावका कारण स्थानीयवासीलाई मोबाइल फोन चार्ज गर्नसमेत समस्या भएको छ। साथै, उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक सूचना आदानप्रदान गर्न कठिनाइ भइरहेको छ।

बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न जेनेरेटरको सहारा लिनुपरेको हो। विद्युत् सेवा नियमित नहुँदा धुन्चेका बासिन्दा तथा उद्धारकर्मी थप समस्यामा परेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP