त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न बिहान ३ बजे ब्लास्टिङ, पानी भरिएकाले भित्र पस्न कठिन

त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न बिहान ३ बजे ब्लास्टिङ, पानी भरिएकाले भित्र पस्न कठिन

नुवाकोट — भोटेकोशी बाढीका कारण क्षतिग्रस्त त्रिशूली जलविद्युत् आयोजनाको ३ ‘ए’ मा आज बिहान करिब ३ बजे ब्लास्टिङ गरिएको छ।

बाढीका कारण थुनिएको सुरुङको मुख खोल्ने उद्देश्यले ब्लास्टिङ गरिएको हो। तर सुरुङको भित्री भाग पूरै पानीले भरिएकाले अहिलेभित्र प्रवेश गर्न असम्भवजस्तै रहेको सांसद श्रीराम न्यौपानेले बताएका छन्।

उनका अनुसार राति करिब ३ बजे ब्लास्टिङ गरिए पनि सुरुङभित्र प्रवेश गर्ने अवस्था नरहेको हो।

सांसद न्यौपानेले सुरुङको मुख खोल्ने प्रयास भने निरन्तर जारी रहेको बताएका छन्। उद्धार तथा प्राविधिक टोलीले सुरुङको अवस्था अध्ययन गर्दै थप काम अघि बढाइरहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP