काठमाडौं । गृहिणी महिला संघ नेपालले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। संघकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा संकलित सहयोग रकमबाट खरिद गरिएका आवश्यक राहत सामग्री प्रभावित परिवारसम्म पु¥याउने उद्देश्यले हस्तान्तरण गरिएको हो।
संघका अनुसार विभिन्न सहयोगी तथा दयालु मनहरूबाट संकलित रकमबाट डसना, तन्दा, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री खरिद गरी विश्व हिन्दू परिषद्सँगको समन्वयमा डिल्लीबजारस्थित अमृत भोग भवनमा रहेको राहत संकलन केन्द्रमा बुझाइएको हो।
हालैको बाढीका कारण रसुवा र नुवाकोटका धेरै परिवार विस्थापित हुनुका साथै दैनिक जीवन प्रभावित बनेको अवस्थामा पीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको संघले जनाएको छ।
राहत हस्तान्तरण कार्यक्रममा अध्यक्ष शर्माले विपद्को समयमा देखाइएको सहयोगी भावनाप्रति आभार व्यक्त गर्दै सानो–सानो सहयोगको एकताले ठूलो परिवर्तन ल्याउन सक्ने बताइन्। उनले आगामी दिनमा पनि मानवीय सेवाका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
संघले विपदमा परेका नागरिकको सहयोगका लागि सबैलाई हातेमालो गर्न आग्रह गर्दै मानवीय सेवामा सहभागी हुन आह्वानसमेत गरेको छ। बाढीपीडित परिवारको पुनर्स्थापना र राहतका लागि विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
काठमाडौं । धादिङको कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग १३ दिन बितिसक्दा पनि पूर्ण र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!