काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयका विभिन्न छाता संगठन, सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब एक हजार विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना अघि सारेको हो।
योजनाअन्तर्गत प्रभावित विद्यार्थीलाई पूर्ण वा आंशिक तथा आवासीय छात्रवृत्तिसँगै विद्यालय शुल्क छुट, पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानालगायत सुविधा उपलब्ध गराइनेछ।
बाढीका कारण विद्यालय जान नसकेका, आर्थिक रूपमा कमजोर, अभिभावक वा परिवारका सदस्य गुमाएका तथा सम्पर्कविहीन भएका विद्यार्थीलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय प्रभावित भएका छन् भने ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!