रुसको उत्तर ककेशसस्थित मिजिर्गी पर्वतमा आइतबार, सेप्टेम्बर ६ को साँझ करिब ५ बजे गएको हिमपहिरोमा परी कम्तीमा ११ जना आरोहीको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन् भने केही आरोही अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
आपत्कालीन अधिकारीका अनुसार हिमपहिरोले ३३ जना आरोहीको समूहलाई प्रभावित गरेको थियो। समूहका करिब १० जना आफैं पहाडबाट तल झर्न सफल भएका थिए। घटनापछि उद्धार टोलीले जोखिमपूर्ण मौसम र कठिन भौगोलिक अवस्थाबीच खोज तथा उद्धार अभियान जारी राखेको छ।
मिजिर्गी पर्वत उत्तर ककेशस क्षेत्रका अग्ला हिमालमध्ये एक हो। घटना रुसको काबार्डिनो–बाल्कारिया क्षेत्रमा भएको हो।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!